मण्डनदेउपुर नगरपालिकाको ‘थकान बिदा’ बारे यसो भन्छन् नगरप्रमुख वाइबा

103

काभ्रे (कुन्ताबेसी) । मण्डनदेउपुर नगरपालिकाले आज कार्यालयमा दिएको थकान बिदा यतिबेला सामाजिक संजालमा भाईरल भइरहेको छ । भाडाको घरबाट आफ्नै कार्यालयमा सर्दा तीन दिन कार्यालय बन्द गरेको नगरपालिकाले फेरि आज ४ गते थकान बिदा दिएको हो । नगरपालिकाको लेटर हेडमै थकान बिदा भनेर उल्लेख गरेपछि यसको तीव्र आलोचना भइरहेको छ । यसबारेमा नयाँ नेपाल न्यूजले नगरप्रमुख टोक बहादुर वाइबासंग जिज्ञासा राख्दा उनले लगातकारको कामले कर्मचारी र जनप्रतिनिधी थाकेकाले सिधा भाषामा नै बिदा त्यसरी लेखिएको बताए । मानविय हिसाबलेपनि थाकिन्छ भन्ने सबैले सोच्नुपर्दछ, उनले भने ।
उनले कार्यालय भित्र सामान मिलाइ नसकेकालेपनि आज एकदिन थप बिदा दिएको प्रष्ट पारे । ‘लेखाईमा केही त्रुटि पनि हुन सक्छ, काम गरेपनि आरोप आउछ नगरपनि यहाँ यस्तै छ,’ नगरप्रमुख वाइवाले भने ।
नयाँ कार्यालयभित्र केही प्राविधिक कार्य मिलाउन पर्ने भएकालेपनि बिदा दिईएको नगरप्रमुख वाईबाको भनाई रहेको छ ।