Monday, September 28, 2026
Home राजनीति अब काङ्ग्रेसका नेता कार्यकर्ताले रक्सी खान नपाउने

अब काङ्ग्रेसका नेता कार्यकर्ताले रक्सी खान नपाउने

54

काठमाडाैं । नेपाली कांग्रेसकाे रुपान्तरण अभियानको आचारसंहितामा मदिरा सेवन गर्न नपाउने भएकाे  छ । कांग्रेसको रूपान्तरण अभियान कार्यक्रम हिजो काभ्रेको धुलिखेलबाट सुरू भएको हाे। हिजाे बिपीको ११०औं जन्मजयन्ती अवसर पारेर  ८ बुँदे आचारसंहिता  घोषणा गरेका हुन् ।

विभिन्न जिल्लाको भ्रमणमा जाँदा महंगो होटेलमा नबस्ने, पार्टी सदस्यहरुको घरपरिवारमा बस्ने, तडकभडक खर्चिलो यात्रा नगर्ने, माला खादाको प्रयोग नगर्ने, मदिरा सेवन नगर्ने, तोकिएको समयमै कार्यक्रम आरम्भ गर्ने, विषयकेन्द्रित मन्तव्य मात्र राख्ने तथा सम्बोधन संक्षिप्त गर्ने आदि आचारसंहितामा उल्लेख गरिएकाे  छ । -7 star 4k tv बाट