Thursday, September 24, 2026
Home राजनीति ललितानिवास प्रकरणमा थप दुईजना पक्राउ

ललितानिवास प्रकरणमा थप दुईजना पक्राउ

22

काठमाडौं : ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना नक्कली मोहीहरु पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई नियन्त्रणमा लिइएको एसएसपी दिनेश आचार्यले जानकारी दिए। महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल लगायतले सरकारी जग्गा हडपेको सिआइबीले जनाएको छ। यसै प्रकरणमा हिजो नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए। यस प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत हालसम्म २२ जना पक्राउ परिसकेका छन्।