Friday, September 25, 2026
Home राजनीति तोसिमाका पीए रानाले दोहोरो सरकारी सेवासुविधा लिएको खुलसा

तोसिमाका पीए रानाले दोहोरो सरकारी सेवासुविधा लिएको खुलसा

56

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीका पीए श्रीकान्त राना (बैतडी स्थायी घर) डिलासैनी गाउँपालिकामा पनि नियुक्ति लिएको खुलेको छ। करिब ४/५ महिना अघि रानाले डिलासैनीमा राजनीतिक नियुक्ति लिएको खुलेको हो।सद्भावना दूत एवं स्वयंसेवकका रूपमा रानाले नियुक्ति लिएर भत्ता लिइरहेको बताइएको छ। दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणी भइरहेको छ। गाउँ कार्यपालिकाबाट कार्यविधि बनाएर उनीहरूलाई नियुक्ति दिइएको थियो। जनप्रतिनिधि लगायतको ‘चाकडी’ गरेर उनले सो नियुक्ति लिएको आरोपसमेत लागेको छ।

यता गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने यो विषयलाई स्वाभाविक लिनुपर्ने बताए। उनले समाजमा रहेका विकृति न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्नका लागि चारजना नियुक्त भएकामध्ये उनी पनि एक भएको बताए। उनीहरूको सेवा सुविधाका सन्दर्भमा भने एउटा कार्यविधि बनाएर सोही अनुसार (भत्ता) दिने गरेको अध्यक्ष जोशीले बताए। तर उनले विस्तृत खुलाउन चाहेनन्। तर स्रोतका अनुसार रानाले काठमाडौंमै बसेर १५ हजार मासिक बुझिरहेका छन्।यस्तै डिलासैनीकै कर्मचारीहरूले पनि यसको विरोध गरेका छन्। पालिकाका एक कर्मचारीले यो सबै कार्यकर्ता पोस्न राजनीनिक रुपमा नियुक्ति दिइएको आरोप लगाए।