Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय एक घरमा सशस्त्र समूहको आक्रमण, नौ जनाको मृत्यु

एक घरमा सशस्त्र समूहको आक्रमण, नौ जनाको मृत्यु

24

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन्। मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका सबै व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ। पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए। घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो। मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।