चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषदको निर्णयविरूद्ध सर्वोच्चमा रिट

44

काठमाडौं । रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषदको सिफारिस विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। २०७२ सालमा टिकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले उक्त सिफारिस खारेज गर्न माग गर्दै रिट लिएर आएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए। ‘रेशम चौधरीलाई सजाय माफी दिने सिफारिस गर्न मन्त्रिपरिषदले गरेको निर्णय खारेज गरिपाउँ भनि रिट आएको छ। हामी अध्ययन गर्दै छौं,’ उनले भने।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन्। मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि ९सोमबार० चौधरीलाई माफी दिनेछन्।
यसअघि सरकारले चौधरीलाई माफी दिने प्रस्तावबारे राय माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो। उक्त निवेदन अध्ययन गरी राष्ट्रपति कार्यालयले ुप्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्नु भनेर गृहमा फिर्ता पठाइएको थियो। गृहले चौधरीबारे मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि माफीका लागि मन्त्रिपरिषदले सिफारिस गरेको हो। २०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो।