कुवेतमा काभ्रेका युवाको नियोजित हत्या, मर्नुको अगाडी भने ‘मलाई औषधी खुवाए जस्तो छ’ , अडियो सहित

3321

भदौं २४
काभ्रे । रोजगारीको शिलसिलामा कुवेत गएका एक युवाको नियोजित हत्या भएको छ ।
मृत्यु हुनु भन्दा अगाडी उनले आफ्नी श्रीमतीलाई पठाएको अडियो आफुलाई औषधी (विष ) खुवाएको बताएका छन् । कुवेतको Armor Guard Facilities co.WLL कम्पनीमा कार्यरत काभ्रेका बिष्णु बहादुर तामाङको नियोजित हत्या भएको मृतकका आफन्तले बताएका छन । करिब १० महिना पहिले वैदेशिक रोजगारीको सिलसशलामा कुवेत पुगेका तामाङ घटना हुनुअघि माबुला स्थित सराय प्राइम होटलमा सेक्युरिटी गार्डमा कार्यरत थिए । यहि भाद्र १९ गते तामाङको नियोजित षड्यन्त्र पुर्बक हत्या भएको पारिवारले जनाएको छ ।

हामीलाई प्राप्त तामाङको मृत्युकालिन घोषणाको अडियो सन्देशले उक्त घटना स्वभाविक नभै नियोजित हत्या भएको पुष्टि गर्छ । करिब २ हप्ता अघि तामाङले आफ्नी श्रीमतीलाई आफुलाई खानामा औषधि (बिष ) हालेर खान दिए जस्तो छ सन्चो छैन,म अब जान्छु सबैजना राम्रोसंग बस्नु है भनेका छन । कुनै ब्यक्तिले आफ्नो मृत्यु हुनुअघि मृत्युको कारणको बिषयमा बोलेको कुरा लाई प्रमाणको रूपमा लिने गरिन्छ । त्यसको केही दिन पछि उनलाई हस्पिटल लगेको भनियो र हस्पिटल बाट फर्के लगतै बसेको स्थानबाट हाम फालेर मृत्यु भएको भनियो यसरी योजनाबद्ध हत्या भएको मृतकका आफन्तले जनाएका छन । यो घटनाको निष्पक्ष छानबिनको लागि कुवेत स्थित नेपाली दूतावासले पहल गर्नुपर्ने देखिन्छ । मृतकका आफन्तले घटनाको दोषीलाई कार्बाही र उचित क्षतिपूर्ति नपाए सम्म लास नबुझ्ने जनाएका छन ।

उनले मृत्यु अगाडी पठाएको अडियो सन्देश सुन्नुहोस्

यस्तो गम्भीर घटनालाई स्वभाविक मृत्यु जस्तो गरि छिटो छिटो शव नेपाल पठाई घटनालाई ढाकछोप गर्न रोजगारदाता कम्पनी लागेको पीडित परिवारको गुनासो छ । पीडित परिवारले यश सम्बन्धि औपचारिक जानकारी तथा अनुरोध श्रम मन्त्री रामेश्वर राय यादव र कन्सुलर सेवा विभागमा समेत गरिसकेका छन । उनी काठमाडौं एयरपोर्टमा रहेको कन्चन ह्युमन रिर्सास म्यानेजम्यान्ट प्रालिबाट करिव एक वर्ष अगाडी कुबेत गएका उनका भाई छिरिङ तामाङ नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् ।