नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा

87

काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हो ।

बढुवा सिफारिसको एक नम्बरमा विश्व अधिकारी रहेका छन् । एसपीहरु शेखर खनाल, तारादेवि थापा, अभिनारायण काफ्ले, प्रज्वल महर्जनलगायतका एसएसपीमा बढुवा भएका छन् ।