Thursday, October 29, 2026
Home समाचार आज थप १७ जना संक्रमितः नेपालमा ९९ जना पुगे कोरोना संक्रमित

आज थप १७ जना संक्रमितः नेपालमा ९९ जना पुगे कोरोना संक्रमित

155
सांकेतिक तस्विर

बैशाख २४,
काठमाडौं । नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए । १७ जनामध्ये १० पुरुष र ७ जना महिला रहेका छन् । तीामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् ।