Saturday, September 26, 2026
Home समाचार ‘माननीयज्यू मोबाइल अफ गर्नूस्’

‘माननीयज्यू मोबाइल अफ गर्नूस्’

30

काठमाडौं ।  राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरूलाई आग्रह गरेका छन्।मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरूलाई सचेत गराएका हुन्।नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन्।‘माननीयज्यू मोबाइल स्विच अफ गर्नूस्’, उनले भने। सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ।