काठमाडौं । जलतथा मौसम विज्ञान विभाग, मौसमपूर्वानुमान महाशाखाको अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
देशको पहाडी भू-भागहरूमा आँशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
२०७९ चैत १६ गते (बिहीबार)
दिउँसोː गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीː गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत १७ गते (शुक्रबार)
दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर सामान्य बदली रहने छ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराईका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत १८ गते (शनिबार)
दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा साथै तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा हावा-हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।