साथीको गोप्य भिडिओ खिचेर यौन सम्पर्क गर्न कर गरेपछि….

43

काठमाडौं । नेपाल प्रहरीले साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको भिडिओ बनाई ब्ल्याकमेलिङ गर्ने गरेको आरोप लागेको छ । अश्लिल भिडिओ बनाएपछि यौनसम्पर्कका लागि बार्गेनिङ गर्ने र नमाने भिडिओ आफन्तलाई पठाइदिन्छु भन्दै आपराधिक लाभको कसुर गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका किसानलाई आपराधिक लाभको कसुरमा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।