तीन दिनको मौसम कस्तो हाेला ?

19

काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।

मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

२०७९ चैत २ गते (बिहीबार)
दिउँसोː देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ३ गते (शुक्रवार)
दिउँसोː देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आंशिक देखी सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ४ गते (शनिबार)
दिउँसोː देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):
पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।