पूरा गर्‍यो नेपालले १ सय रन

43

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा युएईविरुद्ध पहिलो ब्याटिङ गर्दै १ सय रन पूरा गरेको छ।

२७.२ ओभरमा नेपालले ४ विकेट गुमाएर १ सय रन पुरा गरेको हो। पछिल्लो विकेटका रूपमा भीम सार्की रोहन मुस्ताफाका बलमा आउट भए। उनले २९ रनको इनिङ खेले।

आइतबार टियू मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल लगातार विकेट गुमाउन पुग्दा दबाबमा परेको थियो।

२२ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि रोहित पौडेल र भीम सार्कीले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए।

सार्की आउट भएपछि अहिले क्रिजमा रोहितलाई आरिफ शेखले १५ रनमा साथ दिइरहेका छन्। कप्तान रोहित ४१ रनमा नटआउट छन्।

त्यसअघि तेस्रो विकेटका रूपमा नेपालले कुशल मल्ललाई ९ रनको अवस्थामा गुमाएको थियो। उनलाई जुनाइ सिद्दीकीले मल्ललाई पेभिलियन पठाएका थिए।

त्यस्तै, १२ रन जोड्दा नेपालले ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको थियो। दोस्रो विकेटका रूपमा कुशल भुर्तेल ८ रन बनाउँदा आयन अफ्जाल खानद्वारा एलबिडब्लुको सिकार भएका थिए।

त्यसअघि ५ बल खेल्दै आसिफ शेख शून्य रनमा आउट भएका थिए। उसका आर्यन लाक्राले पहिलो सफलता दिलाएका थिए। नेपालले युएईविरुद्ध ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई मौका दिएको छ।