Tuesday, September 22, 2026
Home अर्थ सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ : सभामुख घिमिरे

सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ : सभामुख घिमिरे

44

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको राष्ट्रिय गोष्ठि उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरू उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताएका हुन् । उनले बचत तथा ऋण सहकारी सम्बन्धी ऐनका लागि आफूले पनि पहल गर्ने आश्वासन दिए ।

त्यस्तै उनले अहिले देशैभरबाट लघुवित्तीय संस्थामा भइरहेका विरोधका विषयमा केन्द्रीय सहकारी संघले आवश्यक निष्कर्ष निकालेर धारणा तय गर्नुपर्ने बताए । विश्व लगायत नेपालमा पनि आर्थिक समस्या देखिएको अवस्थामा तीन खम्वे अर्थनीतिको प्रमुख हिस्सा सहकारी क्षेत्रलाई पनि ठिक ढंगले अघि बढाउनुपर्ने उनले बताए । सभामुख घिमिरेले सहकारीका नामबाट ठगी गर्ने प्रवृत्तिलाई केन्द्रीय सहकारी संघले नै नियमन र अनुगमन गर्दै देखा परेका समस्यालाई समयमा नै समाधान गर्नुपर्ने बताए ।