Sunday, September 27, 2026
Home समाचार गोपाल खड्काले राजिनामा दिए

गोपाल खड्काले राजिनामा दिए

167

जेठ २४,
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजिनामा दिएका छन्। केहिबेरअघि खड्काले आफ्नो राजिनामा पत्र वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई बुझाएका छन्। विगत लामो समयदेखि आफू पदमा रहे पनि कुनै काम नभएको भन्दै राजिनामा दिएको बताए। नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै २०७४ साल असोज २ गतेको मन्त्रिपरिषद बैठकले निर्देशक खड्कालाई बर्खात गरेको थियो। त्यसपछि आफूलाई सरकारले अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा रिट निवेदन दिएका खड्कालाई सर्वोच्चले काममा फर्काउन सरकारको नाममा आदेश दिएको थियो।