कलाकार पवन खतिवडा प्रहरी नियन्त्रणमा

149

काठमाडौँ । कलाकार पवन खतिवडालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । ‘म्याकुरी’का नाममा चिनिँदै आएका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरीका अनुसार उनलाई अहिले पनि नियन्त्रणमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।