नेबिको बिस्कुट कारखानामा आगलागी

155
सांकेतिक तस्विर

साउन २३,
काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा गएरातिदेखि आगलागी भइरहेको छ । राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागी ९ ओटा दमकल प्रयोग गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताए । आगो नियन्त्रणका लागी ‘अग्नि नियन्त्रक फोम’ पनि प्रयोग गरिएको छ । के कारणले आगलागी भएको खुल्न सकेको छैन ।