Sunday, September 27, 2026
Home समाचार बाजुराका स्थानीय तहका सिँहदरबार टहरामा

बाजुराका स्थानीय तहका सिँहदरबार टहरामा

148

माघ १६,
बाजुरा बाजुराका जिल्लाका अधिकांश स्थानीय तहका कार्यालय टहरामा सञ्चालन हुँदै आएको छ। हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ र गौमुल गाउपालिका र बडीमालिका नगरपालिकामध्ये तीन वटा स्थानीय तहको कार्यालय टहरामा सञ्चालन हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र रोकायाले बताए। ‘स्थानीय तहले केन्द्र तोकेको स्थानमा भाडामा लिनलाई पक्की घर छैनन्, छुट्टै आफ्नो जमिन छैन,’ उनले भने ‘कहीँ भाडामा त कहीँ टिनको छानो लगाएको हटरामा कार्यालय सञ्चालन गर्नु परेको छ।’ गाँउपालिकाको कार्यलय सञ्चालनका लागि राम्रो घर नपाएकाले टहरा निर्माण गरी कार्यालय सञ्चालनमा ल्याएको गौमुल गाँउपालिकाका उपाध्यक्ष सीता थापाले बताइन्। भवन नहुँदा दैनिक कामकाज गर्न अप्ठ्यारो परेको उनको भनाइ छ। उनले भनिन्, ‘गाउँपालिकाको प्रशासनिक कार्यका लागि टिनको छानो लगाएर टहरो बनाएका छौं। त्यसैमा प्रमुख, उप्रमुख, कर्मचारीले जसोतसो काम गरिरहेका छौं।’ जिल्लाका नौ वटा स्थानीय तहका ६९ वडा छन्। उक्त वडाको स्थायी कार्यालय छैन। अधिकांश वडाको कार्यालय झोलाबाट सञ्चालन भएका छन्। ‘अहिले छाप र कागजपत्र झोलामा राखेर सञ्चालन गरिरहेका छौं,’ छेडेदह गाँउपालिका–१ का वडाध्यक्ष वीरबहादुर रावलले भने, ‘वडा कार्यालय स्थापना गरेको बोर्ड त टाँसेका छौँ। तर, नियमित एक ठाउँबाट कामकाज भने गर्न सकिएको छैन।’ -थाहाखबर