न्यायाधीश गिरीलाई पक्राउ गर्न माग गर्दै श्रीमतीद्वारा प्रदर्शन

108

काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै संसद भवनअगाडि उनकी श्रीमती आरती गिरीलगायतले बुधबार प्रदर्शन गरेका छन्। संसद् भवनअगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी र बिनु यादवलगायत बुधबार दिउँसो पक्राउ गरेको हो।

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरू धेरै पटक न्यायपरिषद्‌मा गए पनि मुद्दा दर्ता नगरेको र पीडितका कुराहरू सुनुवाइ नभएको बताइन् । उनले आफ्ना मागहरू अझै सुनुवाइ नगरे विरोध प्रदर्शन अघि बढाइरहने चेतावनी दिइन्। उनले आफू काका ससुराबाट पटक/पटक बलात्कारको प्रयासमा परेको तर अहिलेसम्म पनि पिडकलाई कारबाही हुन नसकेको बताइन्।