Tuesday, September 22, 2026
Home अर्थ सेयर कारोबार शुक्रबार पनि

सेयर कारोबार शुक्रबार पनि

55

काठमाडौँ । आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने थालेको छ। सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार देखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो। शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ। आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ।