लुम्बिनी विकास बैंक चौधौं वर्षमा

216

असार २५,
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड आजदेखि तेह्रौँ वर्ष पुरा गरी चौधौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो प्रधान कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा कर्मचारीहरुका बीच शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ वार्षिकोत्सव मनाएको छ । साथै यस अवसरमा ग्राहक महानुभावहरु, शेयरधनीहरु, नियामक निकायहरु लगायत सम्पूर्ण शुभेच्छुकहरुबाट बैंकलाई प्राप्त सहयोग, शुभेच्छाको लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा थप आधुनिक, गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा निरन्तर सहयात्राका साथ प्रदान गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६८ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ५० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले हालसम्ममा २८ अर्ब ८७ करोड निक्षेप संकलन गरी २५ अर्ब २६ करोड कर्जा प्रवाह गर्नुका साथै आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गरी उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ । -ratopati