मालपोत कार्यालयबाट ८ जना पक्राउ

126

काठमाडौं। प्रहरीले मालपोत कार्यालय परिसरबाट ८ जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको वीरगञ्जको मालपोत कार्यालय परिसरबाट सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको हो ।

मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेको गुनासो आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।मालपोत कार्यालयमा सेवाग्राहीको फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको जनगुनासो पटक पटक आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।