प्राणायाम गर्नुको फाइदा यस्तो हुन्छ

66

प्राणायाम योगको एउटा मुख्य अङ्ग हो । योग भन्नासाथै मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ । योगका विभिन्न परिभाषाहरू मध्ये आफूले आफैमाथि अनुशासन कायम गर्नुको नाम पनि योग हो । डा. गोविन्द टन्डनको यो भनाइले नै योग हाम्रो जीवनमा कति महत्वपुर्ण छ भनेर बुझाउँछ । योगले केवल शरीर स्वस्थ्य बनाउन सहायता मात्र गर्दैन यसको माध्यमले चित्तमा एकाग्रता पनि बढाउँछ ।

यसरी गर्नुहोस् चित्तको एकाग्रताका लागी प्राणायाम :

– शवासन–शिथिलासनमा सुत्नुहोस् ।

– अब शरीरलाई एकदमै लचिलो बनाउनुहोस् ।

– त्यसपछि कानमा रुवा लगाएर आँखा बन्द गर्नुहोस्, जसबाट बाहिरको शब्द नसुनियोस् ।

– त्यसपछि दृष्टि नाकको टुप्पोमा राख्नुहोस् ।

– साधारण तरिकाले गहिरो श्वास लिने तथा छोड्ने गर्नुहोस् ।

– यहि बीचमा केही समय कुम्भक पनि गर्नुहोस् ।

– पुनः आँखाका पुतलीलाई माथि चढाएर आँखी भूँईको बिचमा अर्थात् आज्ञाचक्रमा दिव्य तेजको ध्यान गर्नुहोस् ।

– अब केही निन्द्रा जस्तो आउन खोज्छ । यदि त्यसो भयो भने त्यसलाई नतोड्नु होला ।

यस अवस्थामा ‘अनाहत’ नाद सुनिन थाल्छ र ज्योति स्वरूप परमात्माको दर्शन हुनाले चित्तको एकाग्रता दिन–दिनै बढ्दै जान्छ ।