पहिला एमाले त्यागेर सभामुख घिमिरेले लिए शपथ

29

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । सपथ भन्दा पहिला उनले आफु निकट दल नेकपा एमाले परित्याग गरेका थिए ।