Sunday, September 20, 2026
Home राजनीति सोविता गौतम उपसभामुखको उम्मेदवार

सोविता गौतम उपसभामुखको उम्मेदवार

335

काठमाडौँ । संसद सचिवालयले उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीले सोबिता गौतमलाई उम्मेदवार बनाउने भएको छ। सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ। स्वतन्त्र पार्टीले उपसभामुख पाएको काठमाडौँ २ बाट निर्वाचित भएकी २७ वर्षीय सांसद गौतमलाई स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार बनाउने करिब निश्चित गरेको छ। उनी पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्।

माघ ७ गते शनिबार दिउँसो १ बजे संसदमा मतदान हुने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कार्यतालिका सार्वजनिक गरेका हुन्। उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ। दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ। एमालेका तर्फबाट घिमिरे सभामुख चयन भएका छन् । बिहीबार भएको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १६७ मत पाएकाले उनको पक्षमा पनि उक्त मत कायम रहने देखिन्छ।