कर्णाली प्रदेशसभा बैठक स्थगित

50

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तोकिएको बैठक पोखरामा भएको जहाज दुर्घटनाको शोकमा स्थगित गरिएको हो ।

प्रदेशसभाको स्थगित बैठक अब मङ्गलवार बस्ने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । प्रदेशसभाको आइतबार बसेको बैठकले सभामुख चयन गरेको थियो ।

सभामुख चयनपछि प्रदेशसभाको बैठक आजका लागि तोकिएको थियो । तर, पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको शोकमा उक्त बैठक स्थगित गरिएको सचिवालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।