क्रसरहरू बन्द भएपछि…

62

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायत लगाइएको रोकले निर्माण उद्योगमा गम्भीर असर परेको बताएको छ । गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि देशभरै जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा चलिरहेका अधिकांश क्रसर बन्द गरेको छ । महासंघले यस्तो व्यवधानले निर्माण उद्योगमा अत्यन्त गम्भीर असर परेको बताएको छ ।

विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त रहेको अवस्थामा समस्या समाधानका लागि महासंघले सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएको छ । हालको अवस्थामा अधिकांश क्रसर उद्योग अवैध रुपमा चलिरहेकाले सेवा दिनसक्ने उद्योग न्युन् मात्र छन् । त्यसका कारण निर्माण सम्बन्धी कामहरु प्रभावित भएकाले अब आयोजनाहरु समयमै सम्पन्न गर्न नसकिने महासंघको निष्कर्ष छ । गृह मन्त्रालयको निर्णयपछि उद्योगहरु र खानीहरु बन्द हुादा निर्माणको काम हुने मुख्य सिजनमा पनि निर्माण परियोजनाहरू अगाडि बढाउन समस्या भइरहेको महासंघको भनाइ छ ।