Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय आक्रमणको नेतृत्व गरिरहेका कमाण्डर बर्खास्त

आक्रमणको नेतृत्व गरिरहेका कमाण्डर बर्खास्त

66

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको नेतृत्व गरिरहेका शीर्ष सैन्य कमाण्डर सर्गेई सुरोभिकिनलाई बर्खास्त गरेका छन्।

सुरोभिकिन तीन महिनाअघि नियुक्त भएका थिए। अब चीफ जनरल स्टाफ भलियरी गेरासिमोफले युक्रेनमाथिको विशेष सैन्य अभियोनको नेतृत्व गर्नेछन्। सुरोभिकिनले नेतृत्व सम्हालेपछि युक्रेनमा रहेको रुसी सैनिकले ऊर्जा, खानेपानी जस्ता आधारभूत प्रणालीमाथि आक्रमण गरेको थियो।

जनरल सुरोभिकिन युद्धमा क्रुर नीतिका कारण चर्चितछन्। पछिल्लो पटक सीरियामा रुसी सैन्य अभियान सञ्चालन हुँदा अलेप्पोमा बमबारी लगायतका कारण सुरोभिकिन चर्चित थिए।