खुलामञ्च जोगाउन माग गर्ने स्थानीयलाई भेटेनन् बालेनले

30

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरेका छन् ।

खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शनपछि मेयर साहलाई ज्ञापनपत्र दिने कार्यक्रम थियो ।

तर, साह ज्ञापनपत्र बुझ्न पुगेनन् । बालेनको सचिवालयले मेयरलाई माघको पहिलो हप्तासम्म फुर्सद नभएको जवाफ दिएको अकुपाई टुँडिखेललाई अकुपाई टुडिखेलका प्रवक्ता सन्जय अधिकारीले बताए ।
साह नआएपछि उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले ज्ञापनपत्र बुझेका छन् ।

ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले सार्वजनिक जग्गा सरक्षण गर्नुपर्ने कुरामा दुई मत नरहेको बताइन् ।