‘जब मिन्स् हुन्छौ, तब हाम्रो बिदा हुन्छ’

118
सांकेतिक तस्विर
नयाँ नेपाल न्युज

काठमाडौं । मानिस रहरले नराम्रो काम पक्कै गर्दैन । कति मानिसहरु बाँच्नकै लागि समाजले नराम्रो मान्ने काम गर्न बाध्य छन् । आज हामी यस्तै केही पात्र बारेमा लेख्दै छौ । जो चाहेर नचाहेर आफ्नो शरिर बेच्न बाध्य छन् ।

उनले आफ्नो कथा व्यथा यसरी सुनाउन सुरु गरिन्ः
मैले १६ वर्ष नपुग्दै भागी विवाह गरे । जतिबेला म कक्षा आठमा पढ्थे । त्यो समयमा लाग्थ्यो उनै (उनको श्रीमान) मेरो सबै थोक हो । जवानीले भर्खैरै पाइला चाल्दै गरेको मेरो शरिर निकै राम्रो थियो रे त्यतिबेला । उ मेरो त्यहि शरिर देखेर लोभियो होला । तर मैले मनदेखि नै माया गरे । विवाहको पहिलो रात आजभोली सुहागरात भन्छन् क्यार, मलाई पीडा भयो । तर पनि मैले उसको लागि गर्ने माया सम्झेर आफ्नो पीडा लुकाई दिए । उ सन्तुष्ट भएर म माथी पोखियो । अनि मलाई अंगालोमा बेरेर निदाउन चाह्यो । मेरो माइतीमा एक्लै सुत्ने बानी उसको अंगालोको रापले मलाई अगीको भन्दा धेरै पोल्यो । म उसको अंगालोबाट छुटेर भित्तामा टासिएर सुते । दैनिकी त्यसरी नै चल्दै थियो । बिहे भएको करिव एक वर्षपछि एउटा छोरो जन्मियो । त्यसछि हाम्रो क्रमशः खर्च बढ्न थाल्यो । उ म भन्दा तीन चार वर्ष जेठो थियो । अनि एसएलसी फेल भएर पढ्न छोडेको थियो । मैलेपनि त बिहेपछि पढ्नै छोडिदिए ।
उनको अगाडीको गिलास रित्तो भो । वेटर कराउन थालिन् भाई एक प्याक ल्याइ देउ ।

अगाडी रहेको बट्टाबाट चुरोट सल्काएर धुवाँ बाहिर निकाल्दै बोल्न थालिन् । आजभोली त मलाई कसैको विश्वास लाग्दैन् । यी यहि गिलास र चुरोटको लाग्छ । मेरो साथी नै यिनिहरु हुन् । अरु त सब म संग सुत्ने मात्र हुन्, मलाई लुट्ने मात्र हुन् । उनले आफ्नो कठोर मनलाई एकाएक अशान्त बनाउदैं भनिन् त्यसले मलाई बिहे गरेको दुई वर्षमै छोडिदियो । माइती गएर कति दिन बसु ? तीन चार महिना त माइती बसे । विदेश जान्छु भनेर पार्सर्पोट बनाउन चाहे । तर नागरिता थिएन् । म १८ वर्षको थिए । बाउले बिहे गरेकी छोरीको छैन भनेर कसरी नागरिता बनाउने भनेर मलाई साथ दिएनन् । त्यसपछि म छोरोलाई माइतीमा आमाको जिम्मा लगाएर शहर छिरे । नयाँ बसपार्क तिर कोठा लिएर एउटी साथी बस्थी । उसकै कोठामा केही दिन बसे । त्यसी अनेक दुःख र कष्ट झेल्दै आएको तीन वर्ष भयो । मैले गरेको काम राम्रो नराम्रो म जान्दिन तर यहि कामबाट कमाएको पैसाले मैले पेट भरेको छु । लुगा लगाएको छु । माइतीमा आमा–बाउलाई कहिले काहीँ खर्च पठाएको छु । यो काम अनेक थरीका मानिस भेटिन्छन् सुत्ने बेलामा त बिहे नै गरेर जान्छु सम्म भन्छन्, तर काम सकिएपछि लुगा लगाएर हिड्ँछन् । जब अरुको बिदा हुन्छ हाम्रो चाहिँ काम धेरै हुन्छ । हाम्रो बिदा त उहिँ मिन्स् हुदाँ मात्र हो । त्यसपछि उनको ग्राहक आयो उनी हामी भएको टेबुलबाट उठेर गइन् ।