हामीलाई नियमित यौनसम्पर्कआवश्यक छ ?

55
सांकेतिक तस्विर

यौन स्वास्थ्य । तपाईले विभिन्न समयमा सुुन्दै आउनुभएको होला की नियमित यौनसम्पर्कले स्वास्थ्यमा फाइदा गर्छ भनेर । त्यो सत्य पनि हो । तर नियमित यौनसम्पर्क नगरे चाहीँ के हुन्छ । यौन विशेषज्ञहरुका अनुसार नियमित यौनसम्पर्क नगर्दा शरीरमा विभिन्न मानसिक र शारीरिक समस्या देखा पर्न थाल्छ ।

मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्तिबीचको व्यवहारमा निकै फरक हुन्छ । किनकी यौन सम्पर्क स्वास्थ्यको दर्पण पनि हो । यौनसम्पर्कलाई इन्कार गर्नु आफ्नै स्वास्थ्यसँग खेलवाड गर्नु भएको चिकित्सकहरु बताउँछन् ।

नियमित सेक्स नगर्ने व्यक्तिमा देखिन सक्छ यस्ता स्वास्थ्य समस्याः

तनाव
नियमित यौनसम्पर्क गर्न छोडेपछि देखिने पहिलो समस्या भनेको तनाव हो । यस्तो अवस्थामा सानो सानो कुराले पनि तनाव दिने विशेषज्ञहरुले बताएका छन् । एक अध्ययनले देखाए अनुसार जो व्यक्ति यौनसम्पर्कबाट टाढा रहन्छ त्यसले कुनै पनि सामान्य समस्या हल गर्न सक्दैन । किनभने यौनसम्पर्क गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जसले तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

डिप्रेशन
नियमित यौनसम्पर्क नहुँदा पुुरुषको साथ साथै महिलाहरुमा पनि डिप्रेशन देखिन्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो यौनसम्पर्क गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ ।

रिसाहापन बढने
व्यस्त तालिकाका कारण यदि कुनै जोडिले यौनसम्पर्कका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ । र यसले दुईबीच दरार पैदा हुनसक्छ ।

यौन दुर्वलता
मियमित यौनसम्पर्क नगर्ने व्यक्तिमा यौन दर्वलता पनि देखिन सक्छ । सातामा कम्तीमा दुई पटक सेक्स गर्ने व्यक्तिमा नगर्नेको तुलनामा इरेक्टाईल डिस्फङसन (यौन दुर्वलता) कम देखिएको एक अध्ययनको निश्कर्ष छ । किनभने यौनसम्पर्क पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।

रोग प्रतिरोधी क्षमता कमजोर
सातामा कम्तिमा दुईपटक यौनसम्पर्क गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ । किनकी यसले आईजीएको लेभल बढछ जति कम यौनसम्पर्क नगर्नेमा हुने गर्छ । एजेन्सी