काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मङ्लबार रातो आलु ४७ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो ।
कन्य च्याउ प्रतिकेजी १३६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३७६ रुपैयाँ रहेको छ । ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ६५ रुपैयाँ रहेको छ ।