Sunday, September 20, 2026
Home अर्थ विद्युत उत्पादनमा दलहरूको होड : नयाँ लक्ष्य, ठूला प्रतिबद्धता

विद्युत उत्पादनमा दलहरूको होड : नयाँ लक्ष्य, ठूला प्रतिबद्धता

5

काठमाडौँ — आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले ल्याएको आ-आफ्नो घोषणापत्र, वाचापत्र, प्रतिज्ञापत्र ल्याइरहेका छन् । ती घोषणापत्रमा ऊर्जा क्षेत्रलाई पनि प्राथमिकताका साथ अघि सारेका छन् । अधिकांश दलले आगामी ५ वर्षमा ५ हजार, १० हजार मेगावाटका आयोजना निर्माण गर्ने भनेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार सौर्य ऊर्जा र जलविद्युत् गरी हाल कुल जडित क्षमता ४ हजार मेगावाट छ । सौर्य र जलविद्युत् आयोजनासहितको १२ हजार मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) प्राधिकरणले गरिसकेको छ । कांग्रेसले आगामी ५ वर्षमा कुल जडित क्षमता १४ हजार मेगावाट पुर्‍याउने भनेको छ । सौर्य ऊर्जा र जलविद्युत् गरी हाल कुल जडित क्षमता ४ हजार मेगावाट छ । ‘हाल करिब ४,००० मेगावाट विद्युत जडित क्षमता रहेकोमा अन्तर्राष्ट्रिय एवम् निजी क्षेत्रको समेत सामुहिक लगानी जुटाएर सौर्य विद्युत सहित थप करिब दश हजार मेगावाट क्षमताका आयोजनाहरूलाई निर्माण चरणमा लैजाने वातावरण मिलाउँछौँ र नीतिगत र नियामकीय सुधार गरी कूल जडित क्षमता १४,००० मेगाबाट पुऱ्याउँछौं,’ कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ । हाल करिब ४५० युनिटको हाराहारीमा रहेको प्रतिव्यक्ति विद्युत खपतलाई आगामी पाँच वर्षभित्र ७५० युनिट पुऱ्याउने कांग्रेसले जनाएको छ ।