एक वर्षमा १४ हजारले लिए आयुर्वेदीक सेवा

112

भक्तपुर । एक वर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा १४ हजार भन्दा धेरैले सेवा लिएका छन् ।

केन्द्रले बुधबार भक्तपुरमा आयोजना गरेको पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा केन्द्रका प्रमुख डा.नरेन्द्र प्रसाद गिरीले ओपीडी सेवामा मात्रै १४ हजार १४० जना बिरामीलाई सेवा दिएको जानकारी दिए ।

केन्द्रले हाल पञ्चकर्म÷पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, निःशुल्क औषधी वितरण सेवा, स्थनपायी आमा कार्यक्रम, जेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धनलगायतका सेवाहरु संचालन गर्दै आएको डा. गिरीले जानकारी दिएका छन् । हाल नेपाल सरकारको निर्णय बमोजिम २३ प्रकारका औषधीहरु निःशुल्क वितरण गर्दै आइरहेका छौ, डा. गिरीले भने ।

भक्तपुरको कमलविनायक नगरकोट बसपार्क नजिकै रहेको कार्यालयबाट आयुर्वेद स्वास्थ्य केन्दले हाल सेवा दिदैं आइरहेको छ । नागरिक आरोग्य सेवा केन्द्र ३ स्थानमा रहेका छन् । चाँगुनारायण नगरपालिका वडा न. ७ बोगश्वरी, सूर्यविनायक नगरपालिका १० जोरपाटी र भक्तपुर नगरपालिका वडा न. ६ चोछेँमा नागरिक आरोग्य सेवा केन्द्र रहेको छ ।

आयुर्वेद औषधालयहरु भने २ स्थानमा रहेको छ । जुन चाँगुनारायण नगरपालिका ५ खरिपाटी र मध्यपुरथिमिको लोकनथलीमा रहेको छ ।