फिफा विश्वकप: आज समूह चरणअन्तर्गतका ४ खेल हुँदै

66

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि समूहचरणका चार खेलहरू हुँदैछन्। जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई-दुई खेल हुनेछन्।

पहिलो दुई खेलमा समूह डीमा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ।

दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ। यी खेलहरूबाट समूह डीबाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ।

यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।

दोस्रो दुई खेलमा समूह सीमा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ।

यी खेलहरूबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ।