लागूऔषधसहित ६ जना पक्राउ

21

काठमाडौं । झापा र गोरखामा गरी अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले २४  वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई  २ ग्राम  अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ । 

घरमा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थानसहित गोरखाको गोरखा नगरपालिका–१० छेपेटार बस्ने ३० वर्षीय अजय गुरुङसमेत दुई जनालाई उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।