विश्वकप प्रिभ्यूः बेल्जियमविरुद्ध मोरक्कोलाई अवसर

33

काठमाडौं । मोरक्कोको फुटबल टिमलाई द एटलास लायन्सको उपनामबाट चिनिन्छ । यो टिमले आइतबार राती पौने ७ बजे कतारको अल थुमाना रंगशालामा रेड डेभिल्स (बेल्जियम)को सामना गर्नेछ ।

समूहको निर्माण हुँदा बेल्जियम यो खेलमा प्रस्ट रुपमा दावेदार टिमको रुपमा देखिएको थियो । तर, समूहको पहिलो खेलमा क्यानडाविरुद्ध उनीहरुको खराव प्रदर्शनले मोरक्को समर्थकलाई उत्साहित बनाएको छ । विश्वकपमा आफ्नो टिमले उचारतडावपूर्ण नतिजा दिनेमा उनीहरु आशाबादी छन् ।

क्यानडाको गतिशील र शुसंगठित टोलीसँग बेल्जियमले संघर्ष गर्नुपरेको थियो । क्यानडा टिम कम्तिमा एक अंकको हकदार थियो । तर, अन्तिममा एउटा सानो कमजोरीले १–० हार ब्यहोर्नुपरेको थियो ।

फिफा वरीयतामा दोस्रो स्थानमा रहनुका बाबजुद बेल्जियन टिमको पछिल्लो प्रदर्शन अनिश्चित देखिएको छ । नेशन्स लिगमा पोल्याण्डमाथि ६–१ को प्रभावशाली जित निकालेको यो टिमले लगत्तै अर्को खेल नेदरल्याण्ड्ससँग ४–१ ले हारेको थियो ।

सम्भवतः बेल्जियमको स्वर्ण पुस्ताका लागि यो अन्तिम विश्वकप हो । रियल मड्रिडका स्टार मिडफिल्डर इडेन हाजार्डजस्ता खेलाडीको बढ्लो उमेरको असर क्लब वा देशका लागि खेल्दा देखिन सुरु भइसकेको छ ।

यो खेल एक सन्तुलित र क्षमतावान मोरक्को टिमका लागि अनिश्चित बेल्जियम टिमलाई हराउने वास्तविक अवर पनि हुनसक्छ ।

समूहको पहिलो खेलमा मोरक्को जितको अवसरमा चुक्न पुगेको थियो । उनीहरुले क्रोएसियासँग गोलरहित बराबरी खेले । यद्यपी चेल्सीका हाकिम जियाच र पीएसजीका अचरफ हाकिमीको प्रदर्शन शानदार थियो । क्रोएसियासँगको खेलमा तिघ्रामा चोट बोकेका हाकिमीले बेल्जियमसँग खेल्न सक्ने नसक्ने निश्चित भइसकेको छैन ।