बैतडी जीप दुर्घटना : तीन प्रहरीको मृत्यु, ९ जना घाइते

66
फाइल तस्विर

काठमाडौं । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-४ निङलाडी खोलामा प्रहरी सवार जीप दुर्घटनामा परेको छ । से१ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो ।

मतपेटिका पुऱ्याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

घाइतेहरुमध्ये छ जनाकाे पहिचान खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।