श्रीमतीको हत्या, एकजना पक्राउ

25

दाङ । दाङमा श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

बबई गाउँपालिका वडा नम्बर १ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनले हथौडा प्रहार गरी खुमीको हत्या गरेको अभियोग छ ।

शुक्रबार बिहान ३ बजे घटना भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मानबहादुर बिष्टले जानकारी दिए । बिष्टका अनुसार श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिकेमीहरुले बोटेलाई बाहिरबाट चुक्कुल लगाएर कोठामा थुनेका थिए ।

सामान्य झगडा पछि श्रीमतीको हत्या गरेको प्रहरी समक्षा बोटेले बयान दिएको बिष्टले जानकारी दिए । छोराछोरी मामा घरमा गएकाले घरमा बोटे दम्पती मात्रै थिए ।