रानीपोखरीको आधुनिक निर्माण सामग्री कंक्रिट हटाइएको छ

189

असार१९,
काठमाडौं ।रानीपोखरी पुनर्निर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री कंक्रिट हटाइएको छ पुनर्निर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री कंक्रिट हटाइएको छ। अबको केही दिनमानै पुनर्निर्माणको काम सुरु हुने काठमाडौं महानगरपालिका कामपाले जानकारी दिएको छ। १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री सबै हटाइएको हो। भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनर्निर्माणको काम सम्पन्न गरिने कामपाका इञ्जिनियर राम थापाले जानकारी दिए। थापाले भने, ‘आगामी आर्थिक वर्षको सुरुवातमा नै काम सुरु गरेर त्यसै आवमा नै सक्नेगरी कामपाले काम अघि बढाउने छ, सबैसँग सल्लाह भइसकेको हुनाले यसअघिजस्तो काम रोक्ने र विरोध हुँदैन तोकिएकै समयमा काम सम्पन्न हुन्छ।’ पुरातत्व विभागबाट सहमति आएसँगै पुनर्निर्माणको काम सुरु हुने पनि कामपाले जानकारी दिएको छ। त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ। यसअघि कामपाले आगामी जेठ १५ देखि पुनर्निर्माण सुरु गर्ने जानकारी गराए पनि हालसम्म पुनर्निर्माण हुन सकेको छैन। २०७२ को भूकम्पको कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो। पुनर्निर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ मा विज्ञ समूह गठन गरिएको थियो। उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए।