नेपालगञ्जमा बम विस्फोट, दुई कार्यकर्ता घाइते

22

काठमााडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित एउटा घरमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्। बुधवार बेलुकी करिब ८ बजे दिवाकर र श्रीकला मल्लको घरको तल्लो तलामा बम विष्फोट भएको हो ।

बम विष्फोट हुँदा विप्लव समूहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान नगरपालिका–२ घर भएका २७ वर्षीय डिल्लीबहादुर डीसी र उनका साथी कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका ३३ वर्षीय धर्मबहादुर सुनार घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरुको उपचार नेपालगञ्ज नर्सिङहोमको आईसीयूमा राखेर भइरहेको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार सो कोठामा प्रेसर कुकर बम विस्फोट भएको थियो । एउटा तयारी अवस्थामा थियो भने अर्को बनाउने क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएकाे छ । तयारी अवस्थामा रहेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्फोज गरेको थियो ।

प्रहरीका अनुसार निर्वाचनलाई लक्षित गर्दे नेपालगञ्जका विभिन्न स्थानमा विस्फोट गराउने मनसायले योजना बनाएको हुन सक्ने बताएकाे छ  । घटना पछि नेपालगञ्जको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । कोठामा प्रेसर कुकर बम बनाउनका लागी तयारी अवस्थामा राखिएका थप ६ वटा प्रेसर कुकर , वारुद लगायतका ठुलो मात्रामा विस्फाटक सामाग्री पनि फेला पारिएको छ ।