Sunday, October 11, 2026
Home समाज झापामा भेटियो मृत हात्ती

झापामा भेटियो मृत हात्ती

61

झापा । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ। चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका-१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो।

मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल-१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए। उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन।

डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो। जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन्।