महिला पत्रकार मृत फेला

175

असोज २,
काठमाडौं । कैलालीको सुख्खडस्थित कैलाली एफएमका कार्यरत पत्रकार निर्मला पहराई मृत फेला परेकी छिन् । शुक्रबार मध्यान्ह घोडाघोडी नगरपालिका–५ स्थित फुलवारी सामुदायिक बनमा निर्मलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । भदौ ३१ मा उनि बजार जान भन्दै घरबाट निस्केकी थिईन् । २४ वर्षीया निर्मलाको शव रुइनाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने बताइएको छ । मृत्युको यकिन कारण खुलेको छैन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।