तपाईको सानो सहयोगले बच्नेछ एउटा जिवन

169

मंसिर ६,
काठमाडौं । ब्लड क्यान्सर भएकी १९ वर्षीया कृतिका घिमिरेले उपचारका लागि सहयोगको आग्रह गरेकी छन्। टेक्सास कलेज मित्रपार्कबाट व्यवस्थापनमा प्लस टु सकेकी कृतिकाको उपचारमा आर्थिक अभाव भएपछि उनले सहयोगका लागि आग्रह गरेकी हुन्।
भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर रिसर्च सेन्टरमा उपचारमा रकम अभाव भएपछि घर फर्किएको आमा धनादेवी खतिवडा घिमिरेले बताइन्। त्यसअघि उनको उपचार हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल भएको थियो। कृतिकाको बुबाको निधन भइसकेको छ भने आमा विद्युत प्राधिकरणमा सवारीचालक हुन्। ‘२३ लाख खर्च भएको छ, भएको रकम सबै सकियो’, धनाले भनिन्, ‘एक टुक्रो जग्गा बेच्दा पनि पुगेन। कृतिकाको उपचार शिक्षण अस्पतालमा भइरहेको छ। ६ वटा किमोसहित उपचार गरिसक्न अझै साढे दुई वर्ष लाग्ने चिकित्सकको भनाइ छ। सहयोग गर्न चाहनेले एभरेष्ट बैंकको नयाँ बानेश्वर शाखाको धनादेवी खतिवडाको नाममा रहेको खाता नम्बर ००१००५०१००७५५५ मा रकम चम्मा गर्न सक्नेछन्।