विद्यालय जाने क्रममा, विद्यार्थीकाे मृत्यु

30

सिमकोट । विद्यालयमा अध्ययन गर्न जाँदा लडेर हुम्लामा एक विद्यार्थीकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा जिल्लाकाे सूर्योदय माध्यामिक विद्यालय श्रीनगरमा कक्षा ९ मा अध्ययनरत अदानचुली गाउँपालिका- २ का १५ वर्षीय प्रशान्त थापा रहेका छन् ।

विद्यालयकाे काँडेतारले पाेसाक च्यातिएपछि फेर्नकाे लागि विद्यालय नजिककाे घरमा गएर फर्किने क्रममा डलेर उनकाे घटनास्थलमै मृत्यु भएकाे बताएका छन् । स्थानीयका अनुसार उनी बाटाेबाट लडेर दुई मिटर लड्दा तल खसेका थिए । उपरिक्षक कृष्णराज ओझाका अनुसार खबर पाएर प्रहरीकाे टाेली त्यहाँ पुग्दा थापाकाे मृत्यु भइसकेकाे थियाे ।