एजेन्सी । क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।
यो सङ्ख्या अझै बढ्नसक्ने एक प्रेस सम्मेलनमा अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण ठूलो क्षति भएको बताइएको छ । त्यसपछि गएको भीषण पहिरोको कारण १३ व्यक्तिको मृत्यु भएको हो । चिसो मौसममा आएको यस आँधीले जनजिवन निकै नै प्रभावित भएको अधिकारीहरुको भनाइ छ । रासस÷सिन्ह्वा