नेपाल टेलिकमले ल्यायाे यस्ताे अफर

27

काठमाडाैँ । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान-प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ।

यस अफरमार्फत् अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा जम्मा २९४ मा उपलब्ध छ।

यसैगरी, ६ जिबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ मा उपलब्ध छ। एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपिएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ।

यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ। यो अफर आइतबारदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।

निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरूले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ।