कम सुत्नेहरुको स्वास्थ्यमा जोखिम, राम्रो निद्राका लागि यी उपाय अपनाउन सकिन्छ

31

काठमाडाै । यदि तपाइँ ५० वर्ष भन्दामाथि उमेरको हुनुहुन्छ र कम्तिमा पाँच घण्टा सुत्नुहुन्न भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ। कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने एक अध्ययनले देखाएको छ।

स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्न सक्छ। र राम्रो निद्रा नपाउनु कुनै खतराको संकेत हुन सक्छ। निद्राले चीजहरू सम्झन, दिमागलाई ताजा राख्न र आराम गर्न मद्दत गर्दछ।  पीएलओएस मेडिसिन अध्ययनले बेलायती निजामती कर्मचारीहरूको स्वास्थ्य र निद्रा ट्र्याक गरेको थियो।

मधुमेह, क्यान्सर, हृदय रोग जस्ता धेरै रोगहरूको जाँच गरि र झण्डै दुई दशकको विवरण लिइएको थियो। ५० वर्षको उमेरमा पाँच घण्टा वा कम सुत्ने मानिसमा सात घण्टा सुत्ने मानिसको तुलनामा रोगको जोखिम ३० प्रतिशत बढी हुने गरेको पाइएको छ।

अध्ययनका क्रममा ५० वर्षको उमेरमा कम सुत्दा मृत्युको जोखिम बढेको पनि खुलासा भएको छ। यो जोखिम मुख्यतया पुरानो रोगहरुको कारण बढ्छ। युनिभर्सिटी कलेज लन्डन र पेरिस सिटी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार विशेषज्ञहरूले सामान्यतया सात वा आठ घण्टा सुत्न सिफारिस गर्छन्।

यसबारेमा वैज्ञानिकहरूले निश्चित रूपमा केही बताउन सकेका छैनन्, तर एउटा कुरा प्रष्ट छ कि राम्रो निद्राले चीजहरू सम्झन, खुसी मुड, एकाग्रता र मेटाबोलिज्ममा मद्दत गर्छ।

‘यहाँ अर्को ठूलो प्रश्न यो हो कि किन केही मानिसहरू कम सुत्छन्। यसको पछाडि कारण के हो र यसलाई ठीक गर्न केहि गर्न सकिन्छ? निद्रा जीवनशैलीसँग सम्बन्धित कुरा हो, जसलाई केही हदसम्म परिवर्तन गर्न सकिन्छ।’

राम्रो निद्राका लागि यी उपाय अपनाउन सकिन्छ:
– दिनको समयमा आफूलाई व्यस्त राख्ने आफैलाई थकाउने र बेलुका सुस्तरी काम गर्ने।

– दिनको समयमा नसुत्ने

– सुत्ने ठाउँ आरामदायक र सफा बनाउने। स्मार्टफोनलाई आफूबाट टाढा राख्ने।

– क्याफिन र रक्सीको मात्रालाई बेवास्ता गर्नुहोस् वा कम गर्ने।

– यदि सुत्न सकिदैन भने, आफैलाई सुत्न दबाब नदिने। ओछ्यानबाट उठेर किताब वा केही पढ्ने जस्ता आरामदायी कुराहरू गर्नु राम्रो हुन्छ। त्यसपछि जब तपाईं निदाउन थािलनेछ , ओछ्यानमा फर्कने।

-यदि सिफ्टमा काम गर्दै हुनुहुन्छ जुन दिनचर्या अनुसार उपयुक्त छैन भने, सिफ्ट भन्दा पहिले केहीबेर सुत्ने प्रयास गर्ने।