‘आवश्यक परे कांग्रेसले सदनभित्रै अनशन गर्छ’

136

असार २०,
काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले अब आफूहरु संसदमा अनसन बस्न तयार भएको बताएका छन्। संसदमा बोल्दै डा। गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षका लागि सरकारले कुनै पनि पहल नगरेमा अब कांग्रेस सांसदहरुले सदनमै अनसन गर्ने बताए। केसीका माग सरकारको निरन्तरताको माग भएको पनि बताए। अघिल्लो सरकारले सम्झौता गरेको र अध्यादेश ल्याएकोले त्यो अध्यादेशले निरन्तरता पाउनुपर्ने उनले बताए।